Tuesday, February 10, 2015

यात्रा कलेजको... भाग–१

हिजो बेलुकादेखि नै सिमसिम पानी परिरहेको थियो । आज बिहान पनि सिरसिर बतास चलिरहेछ साथमा सिमसिम पानी पनि परिरहेछ । साउने झरी कहिले थामिने हो थाहा नै हुन्न ।

आज मेरो कलेजको पहिलो दिन... कस्तो हुने होला । मनमा अनेकन कुराहरु खेलिरहेछ । तै पनि तयार त हुनुप¥यो नि !

(कलेज जान राम्रो पहिरन लगाउँदै) पहिलो पटक कलेज जाँदै छु, कक्षाकोठा खोज्न पनि गाह्रो, स्कुले साथीहरु पनि सबै अरु कलेजमा गएका छन्, मेरो त साथी भनेको कोही पनि छैन । गएकै दिनमा कोही न कोही त साथी बन्ला नि ! यदि नबने पनि सँगै बस्नेसँग नै फ्रेन्डसिप गर्नुपर्ला । सँगै बस्ने फेरी कोही केटी भईन् भने....अरे कसरी बोल्नु उसँग । बोल्न पनि के गाह्रो छ र ! केटी भएर के भो त ? मलाई खाँदैन क्यारे, उ पनि त एक मानव नै हो, कुनै दानव त हैन नि ! किन डराउने ।

(चिया पिउँदै) आज कति चिसो छ । साउन महिनामा त यति धेरै चिसो छ, जाडो महिनामा कसरी कलेज जाने होला ? बिहान ६ बजे कलेज पुग्नुपर्ने, जाडोमा.... वो माई गड !

(बाहिर निस्कन अगाडी ऐना हेर्दै) ऐना हेर्दा त ठीकै छ तर कलेजमा पुगेपछि मेरो फेस कस्तो हुने होला । ह्या..... के को डर ? कसले के गर्छ र ! ल हिँड केटा, छाता समाउँदै.....।

त्यसपछि, म आफ्नो कदमलाई कलेजको गन्तव्यतिर बढाएँ । ‘व गड....., बाहिर त झन् कति चिसो’ भन्दै म कलेजतिर लागें ।

केही समयको पैदल यात्रा पछि म कलेजको गेटमा पुगें । मेरो आफ्नो स्कुले साथीहरु मध्ये कोही पनि नभएकोले मेरो मनमा डर पैदा हुन थालिसकेको थियो । गेटबाट भित्र पसें अनि.........

मेरो नजर एउटा सुन्दर युवतीमाथि पुगे । सेतो रङ्गको पहिरन, कपाल छाडेको अनि कानमा रिङ्ग । मैले उनीबाट नजर हटाउन सकिन, एकोहोरो उनलाई नै हेरिरहें । थाहा छैन, उनलाई मैले पछाडीबाट देखेर पनि किन नजर हटाउन नसकेको भनेर । म उनको पछि लाग्न थालें । यत्तिकैमा, एकजना युवकले मेरो हात समात्यो र सोध्यो,‘के तिमी नयाँ हो ?’, ‘अँ हो’ मैले भनें । व गड.... म त ¥यागिङ्कको सिकार पो भएछु, मलाई नै थाहा छैन । त्यसपछि त्यो केटाले मलाई उनीहरुको ग्रुपको अघि लग्यो र भन्यो,‘नयाँ हो, ¥यागिङ्क त गर्नुपर्छ ।’ अनि मैले पनि, म पनि के कम भन्दै,‘भन के गर्नुपर्छ मैले ?’ भनी सोधें । उनीहरुले मलाई भन्यो,‘उ त्यो पहेंलो कुर्ता लगाएको केटीलाई गएर आई लभ यु भनेर आइज ।’ म अकमक्क परें । ‘कसरी त्यस्तो भन्ने हो, मैले चिनेको पनि छैन, चप्पलले हान्यो भने ?’ मैले प्रश्न गरें । सबैले एकैस्वर भयो,‘¥यागिङ्क हो गर्नैपर्छ, नत्र नाङ्गै बनाएर कलेज घुमाउँछु ।’ अनि मैले, नाङ्गो भएर सबैको अघि बेइज्जत हुनु भन्दा त त्यो केटीको हातबाट चप्पल खानु नै बेश हुन्छ, भनी त्यो केटी भएतिर गएँ । जब म उनको अघि परे, म मैन झैं पग्लिन थालें । मेरो होशहवास नै ठेगानमा थिएन । मलाई के गरुँ, के गरुँ भयो । कसरी त्यस्तो शब्द मुखबाट निकालौं भयो । मैले भएभरको डरलाई मनको एक कुनामा राखेर एक्कासी उनको नजरमा पनि नहेरी ‘आई लभ यु’ भनें ।

मेरो अभागी कर्म....... युवती नै परिवर्तन ? जसलाई मैले पछाडीबाट देखेको थिएँ र जसको पछि म लागेको थिएँ, उ नै मेरो अगाडी रहिछिन्, अनि मैले उनलाई नै पो भनेछु,‘आई लभ यु’ ।

अब त झन् धेरै डर लागेर आयो । उनले मलाई हेरिरहेको छ तर म......? अनि उनले मलाई भनिन्,“तिमी पनि ¥यागिङ्कको सिकार भएछौं कि क्यो हो ?’, ‘हो’ मैले एकैशब्दमा जवाफ दिएँ ।

त्यसपछि उनी अरु केही कुरा नगरी आफ्नो बाटो लागिन् । सायद, उनले मेरो झुकेको नजरलाई देखेर अनि मेरो निर्दाेष नयनहरुलाई देखेर मेरो भित्री मनको कुरा बुझिन् जस्तो लाग्छ, त्यसैले उनले मेरो भावना चाँडै बुझिन् । नत्र भने त्यस्तो शब्द नचिनेको व्यक्तिले कसैलाई एक्कासी भन्यो भने जो पनि रिसाउँछ । तर, उनले त मेरो भावना चाँडै बुझिन् कसरी त्यो त मलाई थाहा भएन । तर मैले उनलाई बिर्सन सकिँन, उनको यादलाई साथमा लिएर म आफ्नो कक्षाकोठा खोज्नतिर लागें । 

क्रमशः.....

– रोबिन / सुमन

No comments:

Post a Comment