हो म उनलाई मन पराउन थालेको छु । खै किन हो ? एकदिन मात्र उनलाई देखिन भने पनि मलाई औंसीको रात झंै लाग्न गालेको छ । मैले उनलाई मन पराउनु ठीक हो या हैन ? तर, कसरी भन्नु राम्रोसँग चिनेको पनि छैन । यदि उनले त्यो कापी हेरिन् र मेरो भावना बुझिन् भने त ठीकै छ । तर, उनले मलाई नराम्रो सोचिन् भने कसरी उनको अघि पर्नु ? हे भगवान् मलाई बचाऊ, आज म तिम्रो चरणमा आएको छु, यो पापीको गुहार आज त सुनिदेऊ......।
मनमा डर राखेर म कलेज गएँ । कक्षाकोठा सुनसान थियो, कोही पनि आएको रहेनछ । केही समयपछि कक्षाका अरु साथीहरु आए र उनी पनि आईन् । कसरी बोल्ने आँट आएको थिएन । मैले केही भन्न नपाउँदै उनले मलाई भनिन्....
‘थ्याङ्क यू ल ! तिम्रो कापी दिएकोमा, नत्र कसरी त्यति धेरै नोट सार्ने ? थ्याङ्क यू भेरी मच् ।’ अनि मैले भने,‘ठीकै छ, साथीलाई परेको बेलामा सहयोग गर्नु नै ठूलो कुरा हो नि हैन र ?’, ‘अँ त्यो त हो’ उनले भनिन् ‘तिमीलाई एउटा कुरा सोध्नु थियो ।’, ‘के कुरा हो भनन’ मैले भने । ‘सेक्रेट कुरा छ, छुट्टीमासँगै कलेजबाट निस्कौं न हुन्न अनि भन्छु’ उनले भनिन् । अनि मैले ‘हुन्छ’ भनें ।
त्यत्तिकैमा कक्षामा सर आउनुभयो र हामीलाई पढाउन थाल्नुभयो । तर, मेरो मनमा अनेक कुराहरुले बास गर्न थाल्यो । कतै उनले कापीमा मैले लेखेको कुरा देखिन ? कतै उनले मलाई कलेज छुट्टी पछि जुत्ताले त हान्ने होइन ? यदि म पनि तिमीलाई मन पराउछु भनिन् भने म त छाँगोबाट खसे झैं हुन्छु । तर, भन्दिन उनले । जो होगा देखा जायेगा....
छुट्टी पछि । उनले भनिन् ‘तिम्लाई एउटा कुरा सोध्नु छ भनेको थिएँ के भने नि !’, ‘किन अप्ठ्यारो मानेको भनन के हो ?’ मैले भने । उनले भनिन्, ‘मलाई .... तिम्रो ..... कापी कस्तो मन परेको थियो, कहाँ किनेको देखाइदिन्छौ कि भनेर....।’ मेरो मन वशमा आयो । मैले भने,‘ल हिँड न त अहिले नै ।’ अनि त्यसपछि हामी दुवै स्टेशनरीमा गएर कापी किनेर आआफ्नो बाटो लाग्यौं ।
कक्षामा बोर्ड परीक्षाको लागि बिदाको सूचना आयो । उनी कक्षामा थिइनन् । अनि म कलेजको कौसीमा एकछिन जान मन लागेर गए । अनि मैले उनलाई एकजना केटासँग कुरा गरीरहेको देखें । उनी अलि टेन्सनमा पनि थियो, अनि केटासँग रिसाएको जस्तो लाग्थ्यो । म टाढै बसेर हेरिरहें । उनीहरु के कुरा गरिरहेथ्यो त्यो त मलाई थाहा थिएन तर केटाले बेलाबेलामा ठूलो स्वरमा ‘म तिमीलाई चाहन्छु तिमी पनि त मलाई चाहन्छौ’ भन्ने शब्द आफ्नो मुखबाट निकालिरहेको थियो । त्यो केटाले आफ्नो हातले कसेर उनको हात समाएको थियो । एकतिर मलाई रिस पनि उठेको थियो कि त्यो केटाले उनको हात त्यसरी समाएको देखेर तर, फेरी उनीहरुको समस्या नबुझि उनीहरुको अघि गयो भने फेरी म नै नराम्रो हुन्छु कि । केही समयपछि उनको नजर ममा प¥यो । उनले म तिर हेरिन् र भनिन्,‘म अरु कसैलाई मन पराउँछु, म ऊ बिना बाँच्न सक्दिन, म ऊ बिना अरु कसैलाई मन पराउन त के सोच्न पनि सक्दिन ।’ मलाई उनको आँखाले ईशारा गर्दे थियो । के कुराको ईशारा गरेको त्यो त बुझिन तर म त्यहाँ बस्न उचित छैन भनि आफ्नो बाटो लागें ।
उनले अरु कसैलाई मन पराउछु भनेको सुनेर होला म आफुलाई वशमा पार्न सकिन । यहाँ सम्म कि मेरो परीक्षा पनि बिग्रियो । दोस्रो वर्षको कक्षामा १ महिना पछि मात्र म कक्षामा गएँ । त्यसदिन मैले उनलाई देखिन । उनको नाम थाहा थिएन, कसरी के भनेर अरुलाई सोध्नु त्यसमाथि पनि उनको कोही साथी छैन । म हैरान भएँ । लगातार १५ दिन कलेज गएँ तर उनी एकदिन पनि कलेज आईन । त्यसपछि म पनि कलेज जान छाडिदिए किनकी जब म कलेज जान्थे उनको याद आउथ्यो, पढाईमा मन लाग्दैन थियो ।
करीब ६ महिनामा बित्यो । त्यस रात म आफ्नो कोठामा मोबाईलमा च्याट गरिरहेको थियो । त्यत्तिकैमा मलाई नयाँ नम्बरबाट म्यासेज आयो, ‘मलाई फोन गर, म सँग ब्यालेन्स छैन, एकदमै ईमर्जेन्सी छ ।’ अनि मैले त्यो नम्बर डायल गरें, ९८.............।
क्रमशः.....
– रोबिन/सुमन
No comments:
Post a Comment