‘हेलो !’ उताबाट आवाज आयो एउटी युवतीको । अनि मैले फर्काएँ ‘हेलो !’, उनले भनिन्, ‘म सिर्जना, तपाईकी गाउँकी, तपाईलाई एउटा कुराको खबर गरिदिउँ भनेर ।’ ‘ए ! तिमी पो, अँ भनन के हो त्यस्तो कुरा ?’ मैले सोधें । उनले आफ्नो बोली रोकिरोकि बोलिन्, एकदमै अप्ठ्यारो मानेर उनले मलाई बताईन्,‘तपाईको आमा बित्नुभयो ।’ त्यति भनेर उनले फोन राखिदिईन् ।
मेरो आफ्नो होशहवास ठीक ठाउँमा रहेन । बेलुकाको समय जाऊँ भनेपनि कसरी जानु त्यति टाढा....? आफ्नो मन वशमा थिएन । कहिले बिहान होला र जाऊँला झैं भएको थियो ।
भोलिपल्ट बिहान म आप्mनो घरतिर जान हिँडे । बसपार्कमा गएर फस्ट टिप गाडी समाते । करीब ३ घण्टा लाग्थ्यो बसमा । बसमा यात्रा गरिरहँदा पनि मेरो मन वशमा थिएन, यहाँसम्म कि मैले खलासी दिएको हजारको नोट, बसबाट झर्दा फिर्ता आउने पैसा पनि लिन बिर्सेछु ।
घर पुगें । गाउँका सबै मानिस मेरै घर अगाडी थिए । घर अगाडी सेतो कपडाले छोपिएको अवस्थामा लाश थियो । त्यसपछि मैले आफ्नो होश गवाएँ, म त्यो लाशको अघि गएर रुन थाले । मलाई यो संसार देखाउने, अनि ९ महिनासम्म आफ्नो कोखमा राख्ने, अनि यो संसारमा जिउनको लागि चाहिने हरेक कुराहरु सिकाउने मेरी आमा आज मलाई छोडेर गईन् । कसले पो बिर्सन सक्छ र आफ्नी आमालाई, जसले आफुलाई यो संसारमा ल्याईन् । मलाई कति धेरै माया गर्थिन्, सानैदेखि मेरो कति ख्याल राख्थिन् उनले । म एकदिन स्कुलबाट ढिला आएँ भनेपनि गाउँभरी खोज्न हिँडिसक्थिन् । म एकदिन दाजुदिदीसँग झगडा गरेर रिसाएँ भनेपनि उनीहरु गाली गरेर मलाई फकाउनुहुन्थ्यो, मलाई कति माया गर्थिन् । आज यो संसारबाट मलाई सबैभन्दा बढी माया गर्ने मान्छेलाई भगवान्ले लगें । धिक्कार छ त्यो भगवान्लाई.....।
त्यसपछि हामीले लाशलाई चिहानमा लग्यौं र सबै कामक्रिया सकाएर घर फर्कियौं । करीब २÷३ महिना बित्यो । शहरबाट फोन आयो, मेरो साथीको । ‘वोई ! कता हराएको दोस्त, बोर्ड परीक्षा नदिने ?’ अनि मैले केहीदिन भित्र आउछु भनी आफ्नो शहर जाने तयारीमा लागें ।
आज धेरै समयपछि म शहर आएँ । मेरो बन्द कोठाको ताला खोले र बिस्तारै ढोका ढकेलें, ढोका खोल्ने बित्तिकै मैले त्यहाँ पाएँ, ७÷८ वटा खाम । मेरो कोठामा त कहिले मैले खाम ल्याएको थिइन, कहाँबाट आयो त । फेरी मलाई यो चिठ्ठी नै पठाएको भए पनि कसले पो पठाउँछ ? अनेक कुरा मेरो मन उठ्यो ।
अनि मैले एउटा खाम खोल्न लागें तर त्यस खामहरुमा पनि नम्बर लेखिएको थियो, जुन मिति अनुसार क्रम मिल्थ्यो । अनि मैले पहिलो खाम खोलें, जसमा लेखिएको थियो, ‘म तिमीलाई मन पराउँछु, के तिमी मलाई मनपराउँछौ ?’ चिठ्ठीमा कसले पठाएको हो नाम पनि लेखिएको थिएन । अनि सबै पत्र पालैपाले खोलेर हेरें सबैमा लेखिएको थियो, ‘मैले तिमीलाई प्रेम प्रस्ताव राखिसकें, तिम्रो जवाफको प्रतिक्षामा छु, चाँडो भन्दा चाँडो मलाई तिम्रो जवाफ देऊ, तिम्री पागलप्रेमी ।’
त्यसपछि म घरबेटीकोमा गएर कोही मेरो कोठामा आएको छ भनि सोधें । घरबेटीले भने,‘तिम्रो साथीहरु आएको थियो अस्ति, अरु त कोही देखिन ।’ त्यसपछि म अकमक्कमा परें । कसले यो चिठ्ठी ल्याएर छोडेको होला । मैले त्यस पत्रहरुलाई राम्रोसँग हेरें, त्यो पत्र हेर्दा हरेक १५ दिनको अन्तरालमा पत्रहरु आएका रहेछन् । अन्तिम पत्र हिजो भर्खर मात्र आएको रहेछ, अनि मैले सोचें, अबको १४ दिनमा अर्काे पत्र आउँछ, मैले यो कोठा त्यस दिन छोड्नु हुन्न ।
भोलिपल्ट, मैले साथीहरुलाई भेटें । अचानक घर जानुको कारण बताएँ, उनीहरुले मलाई सहानुभूति जनाए । मेरो अनुहार अलिक न्याउरो थियो, उनीहरुलाई पनि अप्ठेरो अनि म आफ्नो कोठातिर लागें । जब म आफ्नो कोठामा आईपुगें, अर्काे पत्र पाएँ । जसमा लेखिएको थियो,‘धेरै भयो तिम्रो जवाफ कुरेको अब सक्दिन, म तिमीलाई भेट्न आउँदैछु ।’ को होलिन् ? जसलाई यतिधेरै मेरो बारेमा सबै कुरा थाहा छ । मलाई यति नजिकबाट चिन्ने को हो ? मेरो बारेमा उसलाई सबै कसरी थाहा भयो ? पत्रमा केही लेखेको छैन फेरी कसरी चिन्ने उसलाई ? को हुन् उनी ? अनि मलाई किन भेट्ने कुरा गर्दैछिन् ? यदि मलाई मनपराउछ भनेपनि के मैले पनि मन पराउनुपर्छ र ? मैले उनलाई आफ्नो बनाईसकें जो आज म बाट धेरै टाढा छिन्, म उनी बाहेक अरुलाई सोच्न सक्दिन । यस्तै कुराहरु मनमा खेलाउँदै त्यो रात म ओछ्यानमा पल्टिएँ ।
भोलिपल्ट बिहान... ढकढक आवाज आयो, ढोका बाहिर । गएर ढोका खोलें । अनि मेरो नजर पछाडीतिर फर्किएकी एक युवतीमा प¥यो, सेतो कुर्ता, सिल्की कपाल, दाहिने साईडमा कालो रङ्गको ब्याग भिरेको अनि कालै रङ्गको स्यान्डल.......।
क्रमशः......
– रोबिन/सुमन
No comments:
Post a Comment