"छ्या! फेरि छोरी पो भयो?" देखि
सुरु भयेको यात्रा
त्यही छोरिबाट क्रस,श्रीमती ,बुहारी, भाउजू गर्दै
फेरियेको पात्र
ये हजुर उमेर,उचाइ,थर,गुण,कर्तब्य
सबै परिवर्तन भय
रहेको त केबल येहि नाम छ,
जो छ अरुको सोचले बदनाम मात्र
जिन्दगी मेरो,राजा म स्वयेम,
तिम्रो हिसाबले कहाँ जीवन कटाउछु?
येहा निर्जीव बस्तु त छचल्किन्छ,पोखिन्छ,अटाउदैन...
मेरो त सास चल्दै छ,
फेरि तिम्रो हिसाबले म जहाँपनि कहाँ अटाउछु?
३२ गुण मा १ गुण त म भित्र अटायेन
समाजको उपहार "बदनाम चरित्र" अटायेन
तिम्रो हिसाबले दियेको शिक्षा झनै अटायेन
बोझ सम्झियेर दियेको भिक्षा पनि अटायेन
तिमिले दियेको जायज तर्क बितर्कले
मेरा पाइला नाजायेज भैदिदा प्रमाण खटाउछु...
"वचन को चोट हो प्रिय"
येति सजिलै भुलायेर,म तिम्रा माफी मा कहाँ अटाउछु?
मलाइ आत्मसन्तुष्टिले कमायेको सफलता गन्नु छ
तिमिले बनायेको सफलताको घेरामा
म कसरी आफुलाइ डटाउछु?
मलाइ अरुजस्तो बन्नु नै छैन...
तिमिले गायेको फलानोको तारिफमा
म कहाँ आफुलाइ अटाउछु?
-लिका
No comments:
Post a Comment