सिम्बोलनम्बर कम्प्युटरले "Not Found" भन्यो, तब मेरा आँखा रसाए, मोतीका दाना जस्ता आँशुले कार्पेटमा दह बन्यो, थाम्न सकिन, भक्कानो फुट्यो। आँशुको दहमाथी पाइला राखें, उता पास भाको खुशी मनाउनेले आफैलाई गिज्याए झै लाग्यो । उनिहरूको हाँसोले मेरो मनमा तीर गाड्यो ।
गाडेको तीरलाई सहनशक्तिले निकाल्न खोजें, सन्त्वना आयो, "कम्प्युटरको भर छैन, जाम पत्रीका हेर्न" मनले राहत लियो, तर आश थिएन । मनको ढुकढुकी यति बढ्योकि हर्सपावर युनिटमा पनि नाप्नसकिन्न होला, रसाएको आँखा र तीर गाडेको मन, पत्रीका खोज्न हिडियो, कतै पाइन ।
माख्लो चोकमा पत्रीका सकिएछ, तल्लो चोकमा केहीकेटाहरू लुछालुछ गर्दैथे। साथीले खोसेर ल्यायो, नम्बर खोजियो १ डिभिजनमा, भेटिएन। नम्बर छैन। म फेल भएं । वश! अब चिन्ता छ त केवल आमाको, कसरी मुख देखाउने। तेत्रो मिहेनत गरेर मलाई पढाए, आज मेरो यो गति, थुइक्क।
फेलको चिन्ताले भन्दापनी आमाको अनुहारमा चमक गुमाउने डर भयो । अश्रुधाराको बेगसँगै बग्दै, हिक्क हिक्क आवाजमा सोध्छु, "भेटिस"? अझैपनी भेटिन भन्दैछ । म भन्छु, "छाड्दे यार, कम्प्युटरले नभेटेको तैले याँ कसरी भेट्छस त?" हिक्कहिकाउदै भन्छु, तर उ खोज्छ । आँखा अझै तीखो पार्दै खोज्छ ऊ । म अक्क न बक्कको हुन्छु । एउटै चिन्ता छ, "म फेल भएँ, आमालाई कसरी अनुहार देखाऊ?" सबै विषय राम्रो भाको थ्यो, मलाई चिन्ता ऐच्छिक गणितको थियो । जसोतसो पास त होला भन्ने आश थियो, अब त त्यो आस पनि मर्यो ।
ऊ आँखा तिखार्दै खोज्दैछ। म आफ्नै धुनमा मुर्मुरिराछु । अचानक उस्ले भन्यो "काली त पास भैछे यार"। गाडेको मनको तीर झनै भित्र पस्यो। मनपराको मान्छे पास, म फेल । भगवान पनि म सँग रिसाए छन । न त आमा, बुबा न आफ्नो रोजेको मान्छे, कसैलाई मुहार देखाउन लायक भइन। हो आज मलाई झुण्डिन सहज लाग्यो । आमाबाबुको अनुहारको आँशु र मनपरेको मान्छेको अघि लाज मान्नु भन्दा मलाई आज झुण्डिन सहज लाग्यो । थुक्क। झुण्डिने त कायरले गर्छ। आँट छ, साहसीछस भने आमाको आँशुलाई प्रसाद मान, बाबुको गालीलाई आत्मबल मान । तब तैले सफलता आउछस।
दुइमनको बीचमा फसेको मलाई राहतमिल्यो। गाडेको तीर आफै निस्कियो। दुखकोआँशु झट्टै सुखको आँशुमा परिणत भयो, जब मेरो नम्बर भेटियो। खुशीले उफ्रीए, नम्बर सेकेण्ड डिभिजनमा रैछ। झट्टै आमालाई फोन गरे "लड्डु लेर आइज ल" आमाले भन्नुभो । हामी उफ्रीँदै घर गयौं।
THE END #SLC_RESULT
No comments:
Post a Comment